नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा

७ मंसिर २०७९, बुधबार १२:२३

काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा बिहान ९ बज होटल भिगवा बीरगञ्ज पर्सामा हुने भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजन सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷/ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा कात्तिक १७ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*