नेपाल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख ७० हजार रुपैयाँको मृत्युदाबी भुक्तानी

८ मंसिर २०७९, बिहीबार १६:४९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विरेन्द्रबजार शाखाले एक कार्यक्रम बिच मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ ।

मिर्चैया नगरपालिका वडा नंम्बर ६ निबासी श्रीमती तेतरी देवी साहको श्रीमान एबम यस कम्पनीका बिमित स्वर्गिय रामपवितर शाहको असमायिक मृत्यु भएकोले उनकी श्रीमती तेतरी देवी शाहलाई एक कार्यक्रम बिच ११ लाख ७० हजार बराबरको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विरेन्द्रबजार शाखा प्रमूख राजन बहादुर श्रेष्ठले चेक हस्तान्तरण गरेका छन् ।

मृतकको ३ वर्ष अगाडी सुरक्षित जीवन बीमा योजना १० लाखको बीमा,बार्षिक ८२ हजार १ सय ७६ रुपैयाँ र जम्मा गर्ने गरि ३ किस्ता कुल रु २ लाख ५२ हजार ५ सय २८ रुपैया यस कम्पनीमा जम्मा गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विरेन्द्रबजार शाखा प्रमूख राजन बहादुर श्रेष्ठले बताए ।

प्रमूख श्रेष्ठले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जिबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थितहरुलाई बीमा गर्नुपर्ने धारणा ब्यक्त गरे ।

उत्त कार्यक्रममा मिर्चैया नगरपालिका वडा नंम्बर ६ का पूर्व वडा अध्यक्ष देव कृष्ण साह,वरिष्ठ एजेन्सी मेनेजर धनेश्वर महतो, एजेन्सी मेनेजर प्रकाश हमाल,पशुपति साह,तारा दाहाल,अनिल कुमार साहको उपस्थिति रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मधेश प्रदेश प्रमुख दशरथ झाले भने कम्पनीले यसअघिका बीमा दाबीहरुमा पनि बीमितको हकदारले कागजात पेश गरेको छोटो समयमा नै रकम भुक्तानी गर्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*