जीवन बीमक संघले उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रस्ताव अघि बढाउदै

८ मंसिर २०७९, बिहीबार १७:४५

काठमाडौं । जीवन बीमक संघ नेपालको अध्यक्षमा सिटिजन लाइफको सिईओ पोषक राज पौडेलले चयन गर्न छलफल अघि बढेको छ । संघको हिजो बसेको बैठकले हाल नेपाल उद्योग बाणिज्य महासंघमा भएको उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था जीवन बीमक संघ नेपालमा लागू गर्ने बारेमा छलफल भएको हो । बैठकमा सहभागी एक सदस्यका अनुसार लगभग सहमति भइसकेको छ ।

अब छिट्टै यस विषयमा अन्तिम टुंगो लाग्नेछ । संघको हिजो बसेको कार्यसमितिको बैठकले संघका उपाध्यक्ष समेत रहेका पौडेललाई अध्यक्ष बनाउने बिषयमा सैद्धान्तिक सहमति भएको जनाइएको छ ।

उपाध्यक्ष रहेका व्यक्तिलाई नै अध्यक्ष बनाउने अभ्यास अनुसार नै पौडेललाई नै अध्यक्ष बनाउने कुरामा सहमति अनुसार उनलाई अघि बढाउन लागिएको स्रोतले जनाएकोछ । संघको बार्षिक सभाले अनुमोदन गरेपछि पौडेल विधिवत अध्यक्ष बन्नेछन् । संघको हालका अध्यक्ष मेट लाइफको सिईओ निर्मल काजी श्रेष्ठ रहेका छन् । हाल संघको उपाध्यक्षमा सटिजन लाइफका सिईअ पौडेल छन् ।

जीवन बीमा कम्पनीहरुको साझा हितमा काम गर्ने उद्देश्यले दुई बर्ष अगाडी जीवन बीमक संघ नेपालको स्थापना भएको हो। शिवनाथ पाण्डे संघका संस्थापक अध्यक्ष थिए। संघले जीवन बीमा कम्पनीहरुको स्वनियमनको लागि आचार संहिता जारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*