नेपाल लाइफले दिगो लगानी विस्तार गर्ने नीति लिएको छ: सिइओ पराजुली

९ मंसिर २०७९, शुक्रबार १५:४७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण रमण पराजुलीले कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधिकरण गर्दै जाने नीति लिएको बताएका छन् । कम्पनीको २२औं वार्षिक साधारण सभामा बोल्दै सिइओ पराजुलीले नेपाल लाइफले दिगो लगानीका क्षेत्रमा लगानी विस्तार गर्ने नीति लिएको बताएका हुन् ।

साथै उनले आफु कम्पनीको व्यवसाय बृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको समेत बताए । मंसिर ८ गते होटल भिष्वा, विरगंज पर्सामा सम्पन्न भएको साधारण सभामा सिइओ पराजुलीले शेयरधनीहरुको सल्लाह सुझावका लागि धन्यवाद समेत ब्यक्त गरेका छन् ।
कम्पनीको सो सभाले कायम चुक्ता पूँजीको १५.७८९५% दरले हुन आउने १ अर्ब २९ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी १४९.७६ अर्ब रुपैयाँ गरिसकेको छ भने जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ संचित रहेको जनााएको छ । साथै, कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*