हिमालयन डिष्टिलरीको वक्पर लाभांश घोषणा, बोनस र नगद कति ?

९ मंसिर २०७९, शुक्रबार १६:१६

काठमाडौं । हिमालयन डिष्टिलरीलेले लाभांश घोषणा गरेको छ । कम्पनीले आफना शेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले लगानीकर्तालाई चुक्ता पुँजीको ६० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।गतवर्ष ७५ प्रतिशत सेयर लाभांश तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत आर्थिक बर्षको तुलनामा कम्पनीको लार्भांश दर घटेको छ।

कम्पनीले २२औँ साधारणसभा पुस २७ गते बोलाएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*