मर्जरको प्रकृयामा रहेको बीमा कम्पनीका कमर्चारीहरुको वृद्धि विकास रोकियो, अन्यौल र तनावमा काम गर्दै कर्मचारी

९ मंसिर २०७९, शुक्रबार १६:३६

काठमाडौं । बीमा कम्पनीहरुमा पछिल्लो समय मर्जर प्रकृयाको कारण कर्मचारीहरुको वृद्धि विकास रोकिएको भन्दै कर्मचारीहरुले गुनासो व्यक्त गरेका छन् । मर्जर प्रकृयाको घोषणा गर्ने र मर्जरको मिति सार्ने प्रकृयाको कारण कर्मचारीहरुमा अन्यौल र तनाव सिर्जना भएको छ।

आर्थिक बर्ष २०७८ साल चैत्र १२ गतेको बीमा प्राधिकरणको पत्राचार अनुसार बीमा कम्पनीहरु गाभ्ने तथा प्राप्ति सम्बन्धि पत्र भएता पनि हालसम्म सबैजसो बीमा कम्पनीहरुको मर्जर प्रक्रिया कस्तो अवस्थामा छ भन्ने कुरा बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाइ चासोको विषय बनेको देखिन्छ, किन भने हरेक जसो बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको भविष्य यहि मर्जर प्रक्रियाले गर्दा कर्मचारीहको व्यक्तिगत जीवनमा असर परेको देखिन्छ।

साथै अझै पनि सबै जसो बीमा कम्पनीहरुमा फेरी मर्जरको बहाना देखाउदै बढुवा तथा तलव वृद्धिहरु भएको छैन र एक कम्पनीमा रहेका कर्मचारीले गोप्य सूचना दिएका आधारमा एक बीमा कम्पनीले आफुलाइ मन लागेको कर्मचारीको बढुवा गर्न बीमा प्राधिकरणले मर्जरको पत्रचार गरेको भन्दा अगाडीको मिति राखेर बढुवा गरेको पाइएको छ ।

सो हुदा हुदै पनि कतिपय बीमा कम्पनीका कर्मचारीहरुले गत आर्थिक वर्षमा काम गरे बमोजिमको बढुवा देखि लिएर केहि पनि कुराहरु कम्पनीहरुले बढाएका छैनन् र सो कारणले गर्दा कम्पनीहरुमा रहेका कर्मचारीहरुको मनोबल घटिरहेको पाइएको छ।

त्यस्तै, कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको मासिक पारिश्रमिक अन्य बैंक तथा बित्तिय संस्थाहरु भन्दा न्यून रहेको भन्ने कुरा अवगत नै छ तर पनि कतिपय बीमा कम्पनीहरुले मर्जरको बहानाले गर्दा न पारिश्रमिक बढाएका छन् न त बढुवा गरेका छन्, त्यस मार्फत बीमा प्राधिकरणले अनुसन्धान गर्नु पर्ने देखिन्छ।

बीमा समितिको पत्रअनुसार गत चैत्र १० गते सम्पूर्ण बीमा कम्पनीहरुलाई गाभ्ने तथा प्राप्ति सम्बन्धि पत्रचार भएपनि कतिपय कम्पनिहरुले गाभ्ने सम्झौता गरिसकेको भएता पनि कर्मचारीहरुको हकहितमा कतिको काम भएको र सम्बन्धित कम्पनीले त्यो कुरामा कर्मचारीको पदुन्नती देखि खाईपाई आएको पारिश्रमिकमा कत्ति को विचार पुराएको छ की छैन भन्ने कुरामा बीमा प्राधिकरणले खासै चासो देखाएको पाइएको छैन।

बीमा समितिले भविष्यको दिनहरुमा बीमा कम्पनीहरुलाई गाभिएपछि बलियो त हुन्छ भनेको छ तर कर्मचारीको हकहित बलियो हुन्छ की हुदैन भन्ने विषयमा समितिले सुस्म अनुसन्धान गर्नुपर्ने देखिन्छ। हाल बीमा कम्पनीहरुमा कर्मचारीहरु त छन् तर समायोजन तथा पदुन्नती गर्दा व्यापारको आधारमा गर्ने की शैक्षिक प्रमाण पत्रको आधारमा गर्ने त्यो माथि पनि बीम प्राधिकरणले चासो देखाउनु पर्ने ठुलो चुनौती छ।

प्राधिकरणले केहि समय अगाडी बीमा कम्पनीमा रहेका कर्मचारीहरुको शैक्षिक प्रमाण पत्रहरु अध्ययन गर्ने भनि पत्र लेखेको भए पनि अझै पनि बीमा कम्पनीहरुमा रहेका केहि कर्मचारीहरुको नक्कली शैक्षिक प्रमाण पत्र कै आधारमा काम गरिरहेको छन् र बीमा कम्पनीहरुले स्वयम त्यस्ता कर्मचारीहरुलाई संरक्षण गरि राखेको देख्न पाईन्छ ।
साथै धेरै जसो बीमा कम्पनीहरुले कर्मचारीहरुलाइ दिनुपर्ने सुविधा पनि कम्पनीहरुले विभिन्न बहाना देखाउदै दिरहेका छैनन् साथै प्रदेशका बिदाहरुमा पनि बीमा कम्पनीहरुले प्रदेशको बिदा नमानेर कर्मचारीहरुलाई काममा लागिरहेका छन् भन्ने गुनासो पनि आउने गरेको छ।

मर्जर भई एकीकृत कारोवारका लागि बाकी रहेका केही कम्पनीहरुले कर्मचारीहरुलाई पनि एकीकृत कारोवार अघि कुनै पनि कर्मचारीसंग कसैले केहि सल्लाह पनि नगरेको र जानकारी नगराएका कारणले गर्दा एकीकृत कारोवार पछि आफुलाइ के हुने हो भन्ने विषयमा धेरै मानसिक तनावहरु बढ्न थालेको भनि सो बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको गुनासो रहेको छ ।

बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई मर्जरका क्रममा पद घटुवा नगर्न तथा खाइ पाइ आएको तलब सुविधा भन्दा नघटाउने गरी काम गर्न निर्देशन दिईसकेको छ । नेपालमा मात्रै नभएर विश्वमै मर्जरको क्रिटिकल पार्टको रुपमा कर्मचारी व्यवस्थापनलाई लिइन्छ । मर्जर असफल हुने एउटा प्रमुख कारण कर्मचारी व्यवस्थापन गर्न नसकेर पनि हो ।
प्राधिकरणको पुँजिवृद्धि सम्बन्धी निर्देशनको कारण कम्पनीहरुलाई पुँजि वृद्धिको लागि मर्जर र कर्मचारी व्यवस्थापनमा कसरी लैजाने भन्ने समस्या पर्न थालेको बीमा अधिकारीहरु बताँउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*