सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको न्याभ बढ्यो

१२ मंसिर २०७९, सोमबार ११:३८

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडअन्तर्गत सचालित दुई फण्डले कात्तिक मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना)ले कात्तिक मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो ।

प्रकाशित विवरणअनुसार दुवै फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२

कात्तिक मसान्तसम्म फण्डको कुल आय ४ करोड ९० लाख रुपैयाँ नोक्सानमा रहेको छ । असोज मसान्तसम्म फण्ड ७ करोड ५१ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

असोज मसान्तसम्म ९१ करोड ३३ लाख रुपैयाँ रहेको फण्डको सूचीकृत शेयरमा लगानी कात्तिक मसान्तसम्म बढेर ९३ करोड ७५ लाख रुपैयाँ पुगको छ ।

त्यस्तै, असोज मसान्तसम्म ९ रुपैयाँ ३५ पैसा रहेको फण्डको न्याभ बढेर कात्तिक मसान्तसम्म ९ रुपैयाँ ६१ पैसा पुगेको छ ।

सिद्धार्थ व्यस्थित लगानी योजना

यस फण्डले कात्तिक मसान्तसम्म ४४८ लाख ५६ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । असोज मसान्तसम्म फण्ड ७७ लाख ८७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । एक महिनामा फण्डले नोक्सानी घटाएको हो ।

त्यस्तै, असोज महिनाको अन्त्यसम्म १२ करोड ७४ लाख रुपैयाँ रहेको सूचीकृत शेयरमा लगानी कात्तिक मसान्तसम्म बढेर १३ करोड १० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, असोज मसान्तसम्म ७ रुपैयाँ ७८ पैसा रहेको फण्डको न्याभ कात्तिक मसान्तसम्म बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*