नेप्सेमा थप ३६ लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत

१२ मंसिर २०७९, सोमबार १३:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो ।

कम्पनीले आफ्नो साधारण सभाबाट पारित भएको सो प्रतिशत दरका कुल ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि शेयरबजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*