शेयरबजारमा दोहोरो अंकको गिरावट

१२ मंसिर २०७९, सोमबार १५:१२

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा शेयरबजार सुधारका निमित्त खासै प्रभावकारी नीति नदेखिएको कारण आज शेयरबजारमा रौनकता नछाएको हो । बैंकहरुको स्प्रेडदर घटाइएपनि लगानीकर्ताहरुमा उत्साह नदेखिएको कारण आज नेप्से सूचक र कारोबार रकम दुवै घट्न पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता शेयर किनबेच हँुदा १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम समेत खुम्चिएकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*