सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

१२ मंसिर २०७९, सोमबार १५:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिद्धार्थ इन्स्योेरेन्स कम्पनी लिमिटेडको शेयर फुकुवा गरिदिएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोकका गरिदिएको थियो ।

नेप्सेले कम्पनीको मंसिर १ गतेको पत्रानुसार कम्पनीको संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो । सो पश्चात् कम्पनीको शेयर भोलिदेखि नै कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*