भ्रष्टाचारीको कुरा सुनेर अर्थमन्त्री जनार्दन शर्माले मागे नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेको राजिनामा

१२ मंसिर २०७९, सोमबार १८:४९

काठमाडौं । भ्रष्टाचारमा मुछिएका पात्रहरुको कुरा सुनेर अर्थमन्त्री जनार्दन शर्माले नेपाल पुनर्बीमा कम्पनीमा इमान्दारपूर्वक काम गरिहेका नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेको राजिनामा माग गरेका छन् । नेपाल सरकारको समेत लगानी रहेको र सर्वसाधारणको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. घिमिरेलाई  राजिनामा मागे हुन् । अर्थमन्त्री शर्माले बीमा क्षेत्रकै इमान्दार व्यक्तिको राजिनामा माग गरेपछि सिंगो बीमा क्षेत्र स्तब्ध बन्न पुगेको छ ।

अर्थमन्त्री पदमा बहाल रहँदा सिसी टिभी फुटेजदेखि अन्य दर्जनौं घोटालाहरुमा संलग्न जनार्दन शर्मा प्रभाकरले व्यक्तिगत रिसइवी वा आफले लाए अह्राएको काम नगरेको आरोपमा हटाएका होइनन् । आइतबार दिनभर अर्थमन्त्रालयमा भ्रष्टाचारीहरुसँगको बैठकपछि मन्त्री शर्मा उनीहरुको दवावमा परेर यस्तो अप्रिय निर्णय गर्न पुगेको स्रोतको दावी छ ।

नेपालका एक मात्र बीमा विज्ञको रुपमा नेपाली बीमा जगतको सुधार संस्थागत विकासमा सक्रिय डा.घिमिरेको राजिनामा माग गरिएको विषयले सिंगो बीमा क्षेत्रमा आश्चर्य चकितको विषय बनेको छ । भ्रष्टाचार र घुस सेटिङका कारण सिंगो पार्टीलाई बद्नाम बन्दै गएको बेला जनयुद्धका कमाण्डर समेत रहेका अर्थ मन्त्री शर्माले अर्थमन्त्रालय छोड्नु केही दिन अघि नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. घिमिरेको टेलिफोनमार्फत राजिनामा माग गरेका हुन् । कुनै समय उज्यालोका नायक भनेर चिनिएका अर्थमन्त्री शर्माका पछिल्लो कार्यकाल विवादित बन्दै गइरहेको छ ।

मन्त्री शर्माका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन वटा भन्दा बढि मुद्दा दर्ता भई छानविनको क्रममा रहेको छ । शर्मामाथि पदीय दुरुपयोग गरी गठबन्धनका लागि छ अर्बभन्दा बढि घोटाला गरेको आरोप लागेको छ ।

उता, नेपाल पुनर्बीमा कम्पनीमा अध्यक्ष डा। घिमिरेले आफूले राजिनामा दिएको स्वीकार गरेका छन् । थप केही बताउन चाहेनन् । स्रोतका अनुसार बीमा समितिमा रहेको चाकडीकर्ताहरुले अर्थमन्त्री शर्मालाई भेटेर नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षको राजिनामा माग्न दवाव दिएको सूत्रको दावी छ । भर्खरै विवादित लघुबीमाको लाइसेन्स वितरण गरेको बीमा समितिका उच्च अधिकारीहरुलाई आफूले चाहेको काम गर्न रोकेपछि अर्थमन्त्री समक्ष पुगेर नेपाल रीका अध्यक्ष डा। घिमिरेको राजिनामा माग्न दवाव दिइएका थिए ।

डा. घिमिरे जनयुद्धमा योगदान दिएका व्यक्ति हुन् । २०५६ सालमा माओवादी नेता सुरेश आले मगरसँगै जेल बसेका थिए । डा.घिमिरेलाई मन्त्री शर्माले नै नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेका थिए । मन्त्री शर्माले भ्रष्टाचारीहरुलाई अगाडि राखेर नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षलाई टेलिफोन गरी राजिनामा माग गरेका थिए । अध्यक्ष डा. घिमिरेले राजिनामा गरेपछि भ्रष्टाचारीहरुले हिजै भव्य भोज आयोजना गरेको खुलेको छ । *सम्पादन गरिएको छ ।

One thought on “भ्रष्टाचारीको कुरा सुनेर अर्थमन्त्री जनार्दन शर्माले मागे नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेको राजिनामा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*