नैतिकताको कसीमा जनार्दन शर्मा, भ्रष्टाचारीको मतियार बन्दै किन हटाइए नेपाल पुनर्बीमाका अध्यक्ष ?

१३ मंसिर २०७९, मंगलवार ०८:२६

समाचार टिप्पणी

काठमाडौं । कुनै समय उज्यालोको नायक भनेर चिनिएका अर्थमन्त्री जनार्दन शर्माको यस पटकको अर्थमन्त्रीको कार्यकाल भने विवादरहित हुन सकेन । पटक पटक भ्रष्टाचारीसँग उठबस गरेको दर्जनबढि अभियोग देखि बजेट बनाउँदा समेत सेटिङ गरेको आरोपमा पदबाट राजिनामा समेत दिन पर्यो । संसदीय समितिले दोषी ठहर गर्न नसकेपछि पुनः दोस्रो पटक अर्थमन्त्रीको कुर्सीमा फर्किएका जनार्दन शर्माले निर्वाचन सम्पन्न भई मत गणना जारी रहेकै बखत नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षलाई राजिनामा दिन दवाव दिएर अर्को काण्ड घटाएका छन् । यस काण्डसँगै जनार्दन शर्मामाथि गम्भिर नैतिक प्रश्न उब्जिएको छ ।

मत गणना र पुनः मतदान अझै बाँकी रहेको हुँदा निर्वाचन आचार संहिता अझै जारी छ । तर नैतिकता, इमान्दारिता गुमाउँदै गएका अर्थमन्त्री शर्माले विगतमा आफ्नै पार्टीभित्र काम गरेका इमान्दार व्यक्तिलाई अर्थमन्त्रीको रवाफमा राजिनामा गर्न लगाएर ठूलो पुरुषार्र्थ देखाएका छन् । अर्थमन्त्री बनेदेखि नै नेपाल पुनर्बीमा कम्पनीलाई डुुबाउने नियतसाथ काम गर्दै आएका मन्त्री शर्माले पछिल्लो कदम आफ्ना लागि, देशका लागि जनताको लागि गरेको नभई उनै भ्रष्टाचारीहरुका लागि गरिदिएका हुन् ।

निर्वाचन आचार संहिताकै बीचमा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षको राजिनामा मागिएको विषयले अहिले सिंगो राजनीति समेत तात्न पुगेको छ । काठमाडौंको सिंहदरवारमा हुँदा भ्रष्टाचार, सेटिङ गरेको आरोप खेप्दै आएकी उनी गत निर्वाचनमा रुकुमबाट बिजयी भएर सिंहदरवार फर्केकै दिन जीतको रवाफ देखाउँदै नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षको राजिनामा गर्न लगाएका थिए ।

नेपाली बीमा क्षेत्रमा अध्ययन गरेको विज्ञता भएको व्यक्तिको चर्को खाँचो छ । सोही खाँचो पूरा गर्र्न पोखरा विश्व विद्यालयमा प्राध्यापन पेशामार्फत पूरा गर्दै आइरहेका छन् डा. रविन्द्र घिमिरे । डा. घिमिरेको योगदान र निष्ठा जनार्दन शर्मा भन्दा कुनै पनि हिसाबले कम योगदान छैन । २०४४ सालदेखि माओवादी पार्टीमा आबद्ध डा. घिमिरे २०५४ सालदेखि २०५७ सालसम्म तत्कालिन शाही सरकारले माओवादीको आरोपमा तीन वर्ष जेलमा थुुनेको थियो । जेलमा माओवादी नेता देव गुरूङलगायतका नेता सँगै बसेका थिए।

पछि अध्यापन क्षेत्रमा सक्रिय रहेका डा. घिमिरे बीमा विषयमा पिएचडी गरेर नेपालमा बीमा शिक्षाको प्रचार प्रसारमा सक्रिय छन् । पछिल्लो समय बीमा कलेज स्थापना गर्ने अभियान चलाइरहेका डा. घिमिरेलाई अर्थमन्त्री शर्माले राजिनामा गर्न लगाएकोे विषयले माओवादीभित्रै आश्चर्यको विषय बनेको छ ।

अर्थमन्त्री जनार्दन शर्र्माले नेपाल पुनर्बीमा कम्पनी डुबाउने निर्णय गरेसँगै वर्ष देखि नै पदमा बस्न रुचाइरहेका थिएनन् । पुनर्बीमाकै सञ्चालकहरुले डा. रविन्द्र नभए अझै अप्ठेरो अवस्था आउने भन्दै पद त्याग नगर्न सुझाव दिँदै आएका थिए । नयाँ सरकार बन्ने र निर्वाचन आचार संहिताको अवधी सकिने वित्तिकै नयाँ सरकारलाई बाटो बनाई दिन राजनीतिक परामर्शपछि राजिनामा गर्ने तयारीमै थिए । हठात राजिनामा गर्न दवाव दिएको घटनाले नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीहरु समेत आश्चर्यमा परेका छन् ।

अर्र्थतन्त्रका कमजोर ज्ञानका कारण देशको अर्थतन्त्रमा सुधार गर्न असफल हुँदै आएका थिए मन्त्री शर्मा । मन्त्री शर्र्माले देशको अर्थतन्त्रमा सुधार गर्ने बाहेक आफन्तलाई भर्ती, सेबोनका अध्यक्ष भिष्मराज ढुंगानालाई हटाउने, नेपाल राष्ट्र बैंकका गर्भर महाप्रसाद अधिकारीलाई हटाउने प्र्रयास गरेका थिए । निर्वाचन सम्पन्न भइसकेपछि पनि विगतका तुष र प्रतिशोध साँध्ने भ्रष्टाचारीहरुको मतियार बन्दै अर्थमन्त्री शर्माले नेपाली क्रान्तिमा विशिष्ट योगदान गर्ने र बीमा क्षेत्रमा विद्धान डा. घिमिरेलाई हटाएर अन्तिम भोज लगाउने वातावरण सिर्जना गरिदिएका छन् । अर्थमन्त्री शर्माको यो कदम नेपाली अर्थतन्त्रको लागि अर्को दुर्भाग्यपूर्ण छ । अझ बदलिदो राजनीतिक परिदृष्यमा घण्टी चुनाव चिन्हले यस पटकको निर्वाचनमा धेरै नेताहरुको र गठबन्धनको घण्टी बजायो । जनार्दन शर्माको पछिल्लो कदमले माओवादी आन्दोलन र माओवादी केन्द्र नाम गरेको पार्टीलाई समेत गम्भिर धक्का लाग्न पुग्नेछ ।

One thought on “नैतिकताको कसीमा जनार्दन शर्मा, भ्रष्टाचारीको मतियार बन्दै किन हटाइए नेपाल पुनर्बीमाका अध्यक्ष ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*