एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

१३ मंसिर २०७९, मंगलवार १४:३७

काठमाडौैं । एशियन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखाले बीमा वापतको रकम बीमितको घरैमा पुगेर भुक्तानी गरेको हो ।

कम्पनीको हेटौंडा शाखाले बीमित जीतपुर सिमरा उपमहानगर– २ बस्ने दल बहादुर थापा मगरको घरमै पुगेर ४ लाख ८१ हजार ६५६ रुपैयाँको चेक प्रदान गरेको हो । बीमित मगरको गत कात्तिक ७ गते असामयिक निधन भएको थियो । स्वर्गीय मगरले ३ लाख बिमांकको बिमा एशियन लाइफ इन्स्योरेन्समा गराएका थिए ।

कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो । मृतक मगरको परिवारले मंसिर १ गते सम्पुर्ण कागजात सहित बिमा रकमको दाबी गरेको शाखा प्रबन्धक हिरालाल श्रेष्ठ जनाए । दाबी भुक्तानीको रकमको स्वर्गीय मगरकी पत्नी निलजा श्रेष्ठ थापा मगर र छोरा दुर्लभ थापा मगरलाई संयुक्त रूपमा चेक प्रदान गरिएको थियो ।

सो अवसरमा जीतपुर सिमरा उपमहानगर–२ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, सिमरा कलेजका प्रमुख सालिक राम अधिकारी, वरिष्ठ सिनियर बिमा एड्भाइजर राजु साह, अभिकर्ता कृष्ण प्रसाद आचार्य, रामेश्वर बास्कोटा, बिमु खनाल लगायतको उपस्थित रहेको थियो । सो अवसरमा एक व्यक्ति एक बिमा आवश्यक रहेको सिमरा कलेजका प्रमुख सालिक राम अधिकारीले बताए ।

आवश्यक समयमै बिमा भुक्तानी प्रकृृया भएकोमा धन्यवाद दिदै वडा अध्यक्ष श्रेष्ठले यसलाई निरन्तरता दिन अनुरोध गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*