नेप्सेमा थप एक कम्पनीको साढे ८ लाख कित्ता बोनस शेयर सूचीकृत

१३ मंसिर २०७९, मंगलवार १५:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको साधारण सभाबाट पारित भएको सो प्रतिशत दरका कुल ८ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*