म्यादी बीमाको भुक्तानीमा प्राधिकरणको लगाम, बीमितलाई असहज हुनेगरी दावी भुक्तानी गरेमा कारबाही हुने

१३ मंसिर २०७९, मंगलवार १८:१२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई बीमितहरुलाई असहज हुने गरी दावी भुक्तानी भएको पाइएमा बीमा ऐन २०७९ अनुरुप कारबाही गर्ने जनाएको छ ।

संचालमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार (म्यादी) जीवन बीमाको दावी भुक्तानीमा बीमितहरुलाई असहजता गराएको गुनासो आएकोमा बीमा प्राधिकरण कम्पनीहरुसँग कडा रुपमा प्रस्तुत भएको हो ।

प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई एक सचेत पत्र जारी गर्दै म्यादी जीवन बीमाको दावी भुक्तानी गर्दा बीमितको हकवाला परिवारको सदस्यहरुलाई करकापमा पारी बीमा गराउने र परिवारका सदस्यहरुको बीमा गरेपश्चात मात्रै दावी भुक्तानी दिने गरेको भन्ने गुनासो प्राप्त भएको सम्बन्धमा प्राधिकरणले कारबाही गर्ने कदम चालेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका हुन् ।

साथै बीमितले बीमा गरेवापतको क्षतिपूर्ति रकम सरल तरिकाले भुक्तानी नगर्दा बीमितलाई पर्न गएको असुविधा र बीमा प्रतिको विश्वसनीयता पर्न जाने प्रतिकुल असर सम्बन्धमा बीमा प्राधिकरणले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*