नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सिईओ रामकृष्ण खतिवडाले कति लिन्छन् तलब सुविधा ?

१३ मंसिर २०७९, मंगलवार १६:३२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राका सिईओ रामकृष्ण खतिवडाले गत आवमा बैंकबाट झन्डै डेढ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् । बैंकका आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृत खतिवडाले १ करोड ४८ लाख ९९ हजार १ सय ४९ रुपैयाँ पारिश्रमिक बुझेका हुन् ।

त्यसैगरी बैंकका डेपुटी सिइओ भुपेन्द्र पाण्डेले बैंकबाट ६६ लाख ५२ हजार ७८२ रुपैयाँ पारिश्रमिक बुझेका छन् । उनले बैंकबाट राजीनामा दिएर नेपाल बंगलादेश बैंकमा वरिष्ठ सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा गएका थिए । नेपाल बंगलादेश बैंक हाल नबिल बैंकमा बिलय भइसकेको छ । हाल उनी नबिल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।

बैंकको बोर्ड सञ्चालकहरुले वार्षिक १० लाख ७० हजार बैठक भत्ता बुझेका छन् भने अन्य सञ्चालकको मोबाइल र अन्य खर्च गरी बैंकले २ लाख ९८ हजार ७० रुपैयाँ खर्च गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*