लाभांश प्रस्तावसहित नेशनल लाइफको कहिले बस्दैछ साधारण सभा ?

१४ मंसिर २०७९, बुधबार १२:५०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्तावसहितह यहि मंसिर १८ गते ३४औं वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर ८ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार मंसिर ७ गतेसम्म नेप्सेका कारोबार भइ कायम शेयरधनीहरुले मात्रै इन्स्योरेन्सको सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*