युनाइटेड इदी मर्दीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१४ मंसिर २०७९, बुधबार १४:२८

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीरुलाई १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारितका लागि कम्पनीले यहि मंसिर २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*