हिमालयन डिष्टिलरीसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१४ मंसिर २०७९, बुधबार १५:०६

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २ अंकले बढेको नेप्से आज ३.४१ अंकले घटेर १९४९ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत घटेर ८४ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ ।

सर्वाधिक हिमालयन डिष्टिलरीको ४ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ४ करोड १५ लाख, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ८३ लाख, शिवम् सिमेन्ट्सको ३ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयरको २ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*