झिनो अंकले घट्यो नेप्से, कारोबार ८४ करोडमा खुम्चियो

१४ मंसिर २०७९, बुधबार १५:१३

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २ अंकले बढेको नेप्से आज ३.४१ अंकले घटेर १९४९ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा ८४ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेले पछिल्ला केही दिनयता भटाभट दर्जनौं कम्पनीहरुको कारोबार फुकुवा गरेपनि कारोबार रकम खासै माथि उक्लिन सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*