राधी विद्युत कम्पनीको लिलामीमा बिक्री गरेको शेयर बाँडफाँड सम्पन्न, कट अफ प्राइस कति ?

१४ मंसिर २०७९, बुधबार १७:५३

काठमाडौं । राधी विद्युत कम्पनीले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो लिलामी सेयरको प्रारम्भिक कट अफ प्राइस न्यूनतम १९५ रुपैयाँ कायम भएको छ । अर्थात् यस लिलामीमा प्रतिकित्ता न्यूनतम १९५ रुपैयाँसम्म भाउ तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । यद्यपी अन्तिम तथ्यांक आउन बाँकी रहेकोले सामान्य तलमाथी हुनसक्ने बिक्री प्रबन्धकले जनाएको छ ।

यसमा १९ सय ८५ जनाले आवेदन दिएका छन् । कम्पनीले यसअघि हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर कात्तिक २९ गतेदेखि मंसिर ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर आज ९मंसिर १४ गते० बाँडफाँट गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*