नेपाल एसबीआई बैंकद्धारा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति

१४ मंसिर २०७९, बुधबार १८:२२

काठमाडौं । नेपाल एसबीआई बैंकले २० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो ।

कुल २० लाख इकाईमध्ये ८ लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ ।

एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९।७५५ ब्याजदर तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*