कालिञ्चोक दर्शनको आइपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

१४ मंसिर २०७९, बुधबार २१:०५

काठमाडौं । कालिञ्चोक दर्शनले प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गाएका नेपालीका लागि आवेदन खुलाएको छ।सीडीएससीका अनुसार आजसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये ८३ जनाको आवेदन परेको छ। ती आवेदनमार्फत कुल ४३ हजार ६०० कित्ता सेयर माग भएको छ। यो हिसाबले प्रतिवेदन सरदर ५२५ कित्ताभन्दा बढी माग भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर २८ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*