नेप्सेद्धारा थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

१५ मंसिर २०७९, बिहीबार १५:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि प्रिमियर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको कारोबार खुल्ला गरेको हो ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले प्रिमियरको शेयर कारोबार रोक्का राखेको थियो । त्यस्तै, प्रभु इन्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएसँगै नेप्सेले प्रभुको पनि शेयर कारोबार रोक्का राखेको थियो ।

प्रिमियरको मंसिर १२ र प्रभुको मंसिर ११ गतेको पत्रानुसार नेप्सेले यी दुवै कम्पनीको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आज (मंसिर १५) गतेदेखि फुकुवा गरिदिएको हो । सो पश्चात् सो कम्पनीहरुको शेयर अब आइतबारदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*