नेशनल लाइफ खजुरा शाखाद्धारा बीमा दाबी भुक्तानी

१५ मंसिर २०७९, बिहीबार १८:४३

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । उपचारकाे क्रममा निधन स्व बालिका थापाकाे आश्रित परिवारलाई बीमा दावी भुक्तानी गरेकाे हाे । बाँके जिल्लाकाे खजुरा गाउ पालिका ३ बस्ने स्व बालिका थापाले आफना छोरा ओम प्रकाश थापाको २०७८ मंसिर १२ गते १५ बर्षको बालअमृत-१ जीवन वीमा गराएकी थिइन ।

प्रस्तावक बालिका थापाको उपचारका क्रममा मृत्यु भएको थियो । सोको दावी भुक्तानी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड खजुरा शाखा द्वारा स्व थापाका छोराको बालखातामा डिपोजिट हुनेगरी मृतकका श्रीमानलाई पाँच लाख रुपैयाँ को चेक हस्तान्तरण गरिएको छ । बीमालेख चालु रहने तथा उप्रान्त वीमाशुल्क बाकि किस्ता तिर्नुपर्ने छैन ।

बीमा अवधि समाप्तिमा पाँच लाख बिमांक र बोनस् गरि करिब दश लाख रुपैया पुनस् प्राप्त गर्ने छन् । खजुरा शाखा प्रमुख बिबाखर रिमालको रोवहरमा ज्ञानोदय मा.बि.को प्रांगणमा सयौ विद्यार्थीको तथा शिक्षकको उपस्थितिमा प्र.अ. ऋषिराम सापकोटा तथा थापाको वीमा गर्ने अभिकर्ता बिजय लक्ष्मी क्षेत्री मार्फत चेक र प्रतिज्ञा–पत्र हस्तान्तरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*