रिलायबल नेपाल लाइफले प्रिमियममा आइपिओ जारी गर्ने, धितोपत्र बोर्डमा आवेदन

१६ मंसिर २०७९, शुक्रबार १८:३७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि नै प्रिमियम सहित आईपिओ निष्काशन गर्ने योजना बनाएपनि लामो समयदेखि विविध कारणले रोकिएको थियो । यो पटक भने कम्पनीले प्रिमियममा आईपिओ निष्काशन गर्न निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय १२ रुपैयाँमा प्रिमियम सहित कुल २ सय १२ रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो ।

धितोपत्र नियमावलीका अनुुसार कुनै पनि कम्पनीले आइपिओ निष्काशन गर्दा प्रतिकित्ता १ सय रुपैयाँका दरले जारी गर्नुपर्दछ । यदि प्रिमियम सहित आइपिओ निष्काशन गर्दा भने प्रतिकित्ता १ सय रुपैयाँ भन्दा बढी पर्न जान्छ । कम्पनी हाल सम्म मर्जरको लागि कुनै प्रक्रिया अगाडि नबढाएको कारण कम्पनीले ११२ रुपैयाँ प्रिमियम सहित २१२ रुपैयाँमा प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।

२ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन गर्नका लागि कम्पनीले बोर्डमा आवेदन दिएको हो । संस्थाले १ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको प्रिमियममा आपिओ जारी गर्न लागेको हो ।
कम्पनीको बिक्री प्रवन्धक सिभिलमा क्यापिटल मार्केट रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*