वालेटमार्फत अनलाईन जुवा खेलाउनेहरु धमाधम पक्राउ पर्दै, प्रहरी र राष्ट्र बैंक दुवै तात्यो

२८ मंसिर २०७९, बुधबार १०:४२

काठमाडौं । कमजोर व्यवस्थापनमा सञ्चालन भइरहेका नेपाली वालेटहरु प्रयोग गरेर अनलाईनमा जुवा सञ्चालन गर्दै आइरहेका विभिन्न सट्टेबाजमाथि नेपाल प्रहरी र नेपाल राष्ट्र बैंकले कडा निगरानी गर्न सुरु गरेका छन् । सो क्रममा हालसम्म तीन जनाभन्दा बढि पक्राउ परिसकेका छन् ।

बीमापोष्टले खल्ती, इसेवा र सिटिजन्स बैंकको खाता प्रयोग गरेर अनलाईन जुवा खेलाइदै आएको र कतारमा जारी फुटबल खेलको क्रममा वानएक्सविटमार्फट दैनिक करोडौं रुपैयाँ देश बाहिर गइरहेको सम्बन्धी समाचार प्रकाशन गरेको थियो ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले मंसिर २४ गते अनलाईन जुवा खेलाउने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको नरदेवी बस्दै आएका भारतीय नागरिक पवन कुमार शर्मा र पाल्पा जिल्लाको रैनादेवी छहरा स्थायी घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका रुद्र प्रसाद पोखरेललाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरु मतियार मात्रै भएको र मुख्य सञ्चालन अझै ठूला पहुचवाला व्यक्ति भएको जनाइएको छ ।

त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्सवेट सञ्चालन गर्ने कार्यमा संलग्न मध्येका एक महोत्तरी घर भई हाल ललितपुर बस्दै आएका आदर्श ठाकुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । ठाकुरले एसियन वेटिङ एप्लिकेशन वानएक्सवेटमा नेपाली विद्युतीय भुक्तानी सेवा प्रदायकमार्फत कारोबार गर्न सहयोग गर्दै आएका थिए । उनले पछिल्लो छ महिनामा दुई करोड दुई लाख ९४ हजार ४४८ रुपैयाँ नेपालीहरुसँग जुवा खेलाउने भनेर असुल गरेका थिए ।

ठाकुरले खल्ती, इसेवा, सेल पे लगायतका विद्युतीय भुक्तानी सेवा प्रदायकहरुको नाममा खोलिएका खातामार्फत कारोबार गर्दै आएका थिए । प्रहरीले ठाकुरको साथबाट ९४ वटा सिमकार्ड समेत बरामद गरेको छ । उनले फरक फरक सिमकार्ड प्रयोग गरेर खल्तीमा खाता खोल्दै कारबोर गर्दै आएका थिए ।

स्रोतका अनुसार खल्तीले केवाईसी फारम राम्रोसँग नभर्ने गरेको कारण अपराधीहरुले सजिलै मोबाईल वालेट दुरुपयोग गर्ने गरेका छन् । सोही क्रममा वानएक्सबेटमा सबैभन्दा धेरै खल्तीको खाता सञ्चालनमा रहेको भेएिको छ ।
सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । सयौं खाताहरु केवाईसी नभरी सञ्चालन भइरहेकोले इसेवा तथा खल्तीका जिम्मेवार व्यक्तिहरु नै यस्तो कार्यमा संलग्न भएको हुनसक्ने कोणबाट अनुसन्धान हुनुपर्ने देखिएको छ ।

 

खल्ती, मोरु र सिटिजन्स बैंकको संलग्नतामा अनलाईन जुवाको जालो फैलदै, कतारमा गोल हान्दा नेपालमा करोडौं झ्वाम

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*