खल्ती, मोरु र सिटिजन्स बैंकको संलग्नतामा अनलाईन जुवाको जालो फैलदै, कतारमा गोल हान्दा नेपालमा करोडौं झ्वाम

७ मंसिर २०७९, बुधबार १४:४३

काठमाडौं । यतिबेला कतारमा विश्वकप फुटबल २०२२ आयोजना भइरहेको छ । यता, काठमाडौंसहित देशैभरि भने अनलाईन जुवा खेलाउनेहरुको धन्दा मौलाइरहेको छ । रोचक र आश्चर्यको कुरा के छ भने दिन दहाडैं दैनिक करोडौंको जुवा खेलाइदा समेत नियामक निकाय राष्ट्र बैंक भने कानमा तेल हालेर सुतिरहेको छ । डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र सिटिजन्स बैंकको समेत संलग्नता देखिनु अर्को आश्चर्यको विषय बनेको छ ।

अनलाईन जुवाको धन्दा मौलाउँदै जाँदा विश्वकप खेल स्थल कतारमा खेलाडीहरुले एक गोल हान्दा नेपालमा करोडौं रुपैयाँ हारजित हुने गरेको तथ्य खुलेको छ । आर्थिक संकटसँग जुधिरहेको देश नेपालमा दिन दहाडै भइरहेको अनलाईन जुवाको धन्दा रोक्ने विषयमा नेपाल प्रहरी र नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयले समेत खासै चासो नदिएको देखिएको छ ।

वानएक्सबिट नामक अनलाईन जुवा खेलाउने सफ्टवयरले नेपाल सरकारकै लोगो राखेर सरकारी जुवा चलाइरहेको छ । नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा विगतमा पनि गुनासोहरु आउने गरेको भएपनि दोषीलाई पत्ता लगाएर कारवाही गर्न सकेको छैन । बीमापोष्टले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई गत सेप्टेम्वर ७ मा नेपालमा सञ्चालित अबैध अनलाईन क्यासिनोको स्क्रीनसट पठाएको भएपनि सो घटनामा संलग्नहरु कोही पनि कारवाहीमा नपरेको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय विश्वकप खेल सुरु भएपछि डिजिटल भुक्तानी प्रदायक कम्पनीहरुका माध्यमबाट ठूलो रकम बाहिरिन थालेको छ । त्यसको नेतृत्व खल्तीले गरिरहेको छ । वानएक्सबिटले खल्तीका माथिल्लो तहका कर्मचारीलाई ठूलै रकम नजराना चढाएर उक्त धन्दा चलाइरहेको स्रोतले जनाएको छ । अनलाईनमा वानएक्सबिटको खातामा रकम पठाउन खल्तीको मोबाइल एप प्रयोग गरिएको छ । साथै अनलाईन क्यासिनोमा जितेको रकम फिर्ता पाउन समेत खल्तीको वालेट प्रयोग भइरहेको छ । खल्तीमा मोबाइल नं ९८१३२२१४२० का पदम नाम गरेका व्यक्तिको खातामार्फत अबैध अनलाईन जुवा वान एक्सबेटमा जुवा खेलाउने कार्यमा सहयोग गर्दै आइरहेको छ ।

यस त्यस्तै, सेल पे नामक भुक्तानी सेवा प्रदायक समेत यसमा प्रयोग भइरहेको तथ्य फेला परेको छ । सेलपेले लोगो परिवर्तन गरेर आफ्नो खातामा रकम जम्मा गर्न सकिने बनाइएको छ ।

त्यस्तै, आईपेले कुसुम लुइटेल नामको खातामार्फत अनलाईन जुवा खेलाउने कार्यमा सहयोग गर्दै आइरहेको फेला परेको छ ।

अर्को भुक्तानी सेवा प्रदायक मोरुले पनि एक्सवान बिटसँग आबद्ध भएको देखिएको छ । कमजोर व्यवस्थापनका कारण मोरुले पि श्रेष्ठको व्यक्तिको खातामार्फत कारोबार गराइरहेको छ ।

वानएक्सबेटमा अनलाईन जुवा खेलाउने धन्दामा सिटिजन्स बैंकको संलग्नता भेटिएको छ । सो बैंकले तिलक बहादुर खत्रीको नाममा खोलिएको खाता नं ०२२०१०००००२२००४५ नम्वरको खातामा कारोबार भइरहेको छ । उक्त खाता सिटिजन्स बैंकमा निकै लामो समयदेखि कारोबार भइरहेको छ । पटक पटक गुनासो गर्दा समेत नरोकिएको पीडितहरुको भनाई छ । यस सम्बन्धमा सिटिजन्स बैंकका सूचना अधिकारी तथा डेपुटी सिईओ राजेन्द्रलाल श्रेष्ठले व्यक्तिको खाता प्रयोग भइरहेको बारेमा बैंकले केही गर्न नमिल्ने बताउँदै नियामक निकाय राष्ट्र बैंकबाट मात्रै खोजविन तथा नियमन हुन सक्ने बताए ।

खुलेआम अनलाईन जुवा सञ्चालन भइरहेको सम्बन्धमा नेपाल राष्ट्र बैंकको औपचारिक धारणा भने आउन बाँकी छ । उता, अबैध अनलाईन जुवा धन्दामा प्रयोग भइरहेको मोबाइलहरु सक्रिय रहेको सम्बन्धित दुर सञ्चार कम्पनीहरुले जनाएका छन् । बीमापोष्टको सम्पर्कमा आएका ९८४००२४३६ … का केसी थर गरेका व्यक्तिले नेपाल राष्ट्र बैंकका कर्मचारी तथा प्रहरीकै सहयोगमा आफूहरुले काम गरिरहेको दावी गरेर सञ्चार सम्पर्क बिच्छेद गरेका छन् ।

 

 

4 thoughts on “खल्ती, मोरु र सिटिजन्स बैंकको संलग्नतामा अनलाईन जुवाको जालो फैलदै, कतारमा गोल हान्दा नेपालमा करोडौं झ्वाम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*