नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालद्धारा शपथ ग्रहण

६ पुष २०७९, बुधबार १६:१५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ई्रश्वरी प्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् । अर्यालले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

नेपाल सरकार (अर्थमन्त्रीस्तर)को मंसिर १९ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालक सदस्य अर्याल, सहसचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, अर्थ मन्त्रालयलाई नेपाल पुर्नबीमा कम्पनीको संचालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*