नेपाल पुनर्बीमक कम्पनी र हिमालयन रिले कुन -कुन क्षेत्रमा लगानी गर्न पाउछन् ? प्राधिकरणले तोक्यो लगानीको सीमा

८ पुष २०७९, शुक्रबार २०:०८

नेपाल बीमा प्राधिकरणले पुनर्बीमक कम्पनीको लगानी गर्न क्षेत्र तोकिदिएको छ । प्राधिकरणले लगानी निर्देशन जारी गरी कम्पनीले लगानी गर्ने सीमा समेत तोकी दिएको हो ।यसअघि प्राधिकरणले जारी गरेको निर्देशिकाललाई संसोधन गर्दै नयाँ लगानीको क्षेत्र तोकिदिएको हो । हाल नेपालमा दुई पुनर्बीमा कम्पनी रहेका छन् । हाल संचालमा रहेका नेपाल पुनर्बीमक कम्पनी र हिमालयन रिले यस निर्देशिकामा रहेर लगानी गर्न पाउनेछन् ।

पुनर्बीमक कम्पनीले सहायक कम्पनीमा पनि लगानी गर्न सक्नेछ । धितोपत्र सम्बन्धी कानुन बमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त पब्लिक कम्पनीमा लगानी गर्न सक्नेछ । त्यस्तै, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, जलविद्युत, सौर्य उर्जा लगायत नवीकरणीय उर्जा परियोजना, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य र लगानी कम्पनीमा लगानी गर्न पाउनेछन् । घरजग्गा व्यवसायमा रहेको लगानीलाई कम्तिमा प्रत्येक तीन वर्षमा मूल्याङ्कन गर्नुपर्नेछ । लगानी गर्नुपूर्व प्राधिकरणबाट अनुमति लिनुपर्नेछ ।

लगानी गर्नुपूर्व कम्पनीले लगानी नीति तयार गर्नुपर्नेछ । लगानी नीतिमा बीमकको लगानीमा रहन सक्ने अन्तर्निहित जोखिम र सोको व्यवस्थापन, सम्पति दायित्व तथा तरलता व्यवस्थापन, लगानी गर्ने सम्बन्धमा प्रक्रियागत व्यवस्था, अख्तियार प्रत्यायोजन, लगानीसँग सम्बन्धित आन्तरिक नियन्त्रण प्रणाली, लगानीका सम्बन्धमा सञ्चालक समिति तथा उच्च व्यवस्थापन समक्ष पेश गर्नुपर्ने प्रतिवेदन र बीमकले आवश्यक ठानेका अन्य बिषयमा समावेश गर्नुपर्नेछ । बीमकले प्राधिकरणले दिएको निर्देशन बाहेकका क्षेत्रमा लगानी गर्न पाउने छैन ।

बीमकले लगानी गर्दा बीमा सम्बन्धी दायित्व अवधिलाई ख्याल गरी लगानी गर्नुपर्नेछ । लगानी गर्दा भुक्तानी भुक्तानी गर्न बाँकी दाबी बराबरको रकम दुईबर्ष वा सोभन्दा कम अवधिको मुद्दती निक्षेपमा लगानी गरेको हुनुपर्नेछ ।

पुनर्बीमकले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र, ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचत वा ऋणमा कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् ।

त्यस्तै, नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ३० प्रतिशतसम्ममा लगानी गर्न सक्नेछन् । विकास बैंकको मुद्दती निक्षेपमा १० प्रतिशत, वित्त कम्पनीको मुद्धतीमा कुल लगानीको बढीमा पाँच प्रतिशत लगानी गर्न सक्नेछन् । बैक तथा वित्तीय संस्थाको अग्राधिकार, बन्ड, डिबेन्चर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा कुल लगानीको बढीमा २० प्रतिशत, पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशत, नागरिक लगानी कोषर म्युचअुल फण्डका लगानीमा बढीमा पाँच प्रतिशत लगानी गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*