एलआइसी नेपालद्धारा ४९ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२२ पुष २०७९, शुक्रबार १६:२२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल)ले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको ४९ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

जीवन बीमा जीवन रहँदाको आर्थिक बचत हो भने जीवन नरहँदा परिवारको आर्थिक बोझ कम गर्ने माध्यम हो । एलआईसी नेपालमा जीवन बीमा गरेर पहिलो किस्ता मात्रै भुक्तानी गरेका एक बीमितको मोटरसाइकल दुर्घटनाका कारण मृत्युपछि कम्पनीले आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कनकाई नगरपालिका ३ सुरुङ्गा, झापा बसोबास होटल व्यवसायी पूर्ण बहादुर विष्टले २०७७ साल असार ३१ गते वार्षिक किस्ता ३ लाख ३७ हजार ८२५ भुक्तान गरेर २५ लाख को जीवन बिमा गएका थिए ।

पहिलो किस्ता बुझाएका विष्ट २०७८ साल साउन १२ गते मोटरसाइल मा घुमघाम गरी घर फर्किने क्रममा विपरीत दिशा बाट आइरहेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा घाइते विष्ट लाई तत्कालै उपचारको लागि लाइफ लाइन अस्पताल दमक झापा पुर्याउन साथ निधन भएको थियो ।

उनको निधनपछि आश्रित परिवारले आवश्यक प्रक्रिया पूरा गरी बीमा दाबी गरेका थिए । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी बीमितको छोरा निशान विष्टलाई बीमा दाबी भुक्तानी बापत बीमा रकम २५ लाख रुपैयाँ, दुर्घटना बापत २५ लाख रुपैयाँ र बोनस २ लाख ७५ हजार रुपैयाँ गरी जम्मा ४९ लाख ३७ हजार १७५ रुपैयाँ (३३७८५ दोश्रो किस्ता कटाई) हस्तान्तरण गरेको हो ।

सानो कार्यक्रमको आयोजना गरी दाबी भुक्तानी हस्तान्तरण गरिएको छ । कार्यक्रममा चन्द्रगढी शाखाका प्रबन्धक दिलीप कुमार राजवंशी, एजेन्सी म्यानेजर मोहा लाल राजवंशी लगायतको उपस्थिति थियो । मृत्यु दाबी भुक्तानी कार्यक्रममा छोरा निशान विष्टले पढाई खर्च र आर्थिक रुपमा भने बीमा रकमले ठूलो राहत हुने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*