एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा

२४ पुष २०७९, आईतवार ११:०८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले विशेष साधारण सभा आहवान गरेको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार सभा यहि माघ ३ गते लिसारा रिसेप्सन, भगवती बहाल नक्साल काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम भएको चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ ८८ प्रतिशतले हुने अर्थात् १ः०.८८४५१६८ को अनुपातले हुन आउने २ अर्ब ३४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै हकप्रद जारी गरेपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्तापुँजी बृद्धि हुने हुँदा सोही अनुसार प्रबन्धपत्र र नियमावलीको आवश्यक दफाहरु संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी नियकाहरुले आवश्यक संशोधन, परिमार्जन, थपघट तथा भाषिक संशोधन गर्न सुझाव दिएमा सो अनुरुप आवश्यक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*