बीमा प्राधिकरणद्धारा कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न, स्थानीयहरुले सुनाए दाबी भुक्तानीको समस्या

२४ पुष २०७९, आईतवार ११:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहेका थिए भने विशेष अतिथिका रुपमा सोही गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइराला रहेकी थिइन् ।नेपाल बीमा प्रधिकरणका उप निर्देशक केशव प्रसाद दहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै, अन्य अतिथिहरुमा प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेय, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यको उपस्तिथी रहेको थियो ।

कार्यक्रम उद्घोषण प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्मा , स्वागत मन्तव्य कम्प्युटर प्राविधिक कृष्णराज अधिकारी र कार्यक्रम प्रस्तुती प्राधिकरणका उपनिर्देशक केशव प्रसाद दाहालले गरेका थिए ।

कार्यक्रममा सो गाउँपालिकाभित्रका सबै वडाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । सो गाउँपालिका भित्रका सबै घरको घर बीमा गराउन आफूहरु सकारात्मक रहेको गाँउपालिकाका अध्यक्ष थापाले बताए ।

साथै अध्यक्ष थापाले सो गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना कार्यक्रम ल्याएकोमा धन्यवाद प्रकट गर्दै सो क्षेत्रमा बासिन्दाहरुमा घरबीमा प्रति पनि सकारात्मक रहेको बताए ।

कार्यक्रममा स्थानीयहरुले दाबी भुक्तानीको समस्याहरुको बारेमा गुनासो सुनाएका थिए । यस्को समाधानको लागि प्राधिकरणको ध्यान जान जरुरी रहेको उनीहरुले कार्यक्रममा बताए । प्राधिकरणले यसमा सकारात्मक धारणा पेश गर्दै यस्तो समाधान तर्फ जोड दिने आश्वासन दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*