एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

२४ पुष २०७९, आईतवार १२:२४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले बीमितको हकवालालाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले दशरथचन्द नगरपालिका वडा नं. १ निवासी स्व. बिरेन्द्र भट्टका परिवारलाई मृत्यु बीमा दाबी भुक्तानीको रकम हस्तान्तर(ा गरेको हो । कम्पनीले मृत्यु बीमा दाबी वापतरको ६ लाख ५७ हजार रुपैयाँ दिएको हो ।

साथै कम्पनीले मासिक शैक्षिक सुविधा अन्तर्गत मृतकका छोराको उमेर १६ वर्ष नहुँदासम्म बीमांक रकम १० लाख को एक प्रतिशत अर्थात् मासिक १० हजार रुपैयाँका दरले उपलब्ध गराइने भएको छ ।

उक्त रकम सुदुरपश्चिम प्रदेशका उपक्षेत्रीय प्रमुख महेन्द्रनगर शाखा प्रमुख जयानन्द भट्टले प्रदान गरेका हुन् । मृतक बीमित भट्टले चार वर्षअघि ५ लाख २५ हजार रुपैयाँको आफ्नो र २ वर्ष अगाडी १० लाखको आफ्नो छोराको बीमा गराएका थिएन । उनको गत साउन महिनामा हृदयघातका कारण मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*