देशै भरी “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

२४ पुष २०७९, आईतवार १२:४३

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको महिला रोजगारी र आय बृद्धिको लागि संचालित कार्यक्रम “महिला सशक्तिकरणमा( महालक्ष्मी लाईफ” गएको हप्ता पनि देशै भरी संचालन भएको छ ।
समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संचालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको र विभिन्न कार्यक्रमहरुमा देखिएको उत्साहले देखाएको छ ।

कम्पनीले पौष २२ गते बारा जिल्लाको जीतपुर सिमरा नगरपालिकाको जीतपुरमा शुशिला लामाको अध्यक्षतामा संचालित कार्यक्रममा १४० जनाको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले कार्यक्रममाथि प्रकाश पार्दै महिलालाई रोजगारीको लागि आवद्ध हुन आह्वान गरे । कुमार बहादुर कार्कीले संचालन गरेको कार्यक्रममा क्षेत्रिय प्रमुख दिगम्बर प्रसाद, सुरेन्द्र कुश्वाहा र बसुन्धरा गैरेले मन्तव्य राखेका थिए ।

त्यस्तै पौष २३ गते रेनु कुमारी साहको अध्यक्षतामा हेटौडामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले महिलाको समृद्धि बीना देश विकास नहुने भएकोले महिलाहरु अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बजार प्रमुख प्रशान्त राज धमलाले महिला रोजगारीका विभिन्न अवसरहरुको बारेमा जानकारी गराए । महिला सशक्तिकरणको लागि बालकुमारी बल्लाकोटी, सन्ध्या पोखरेल, सविना न्यौपाने, सविता ढुंगाना र लक्ष्मी लामिछानेले आ(आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो कार्यक्रममा ११० जनाको सहभागिता थियो ।


यता, काठमाडौंको तारकेश्वर नगरपालिका नेपालटारमा पौष २३ गते कार्यक्रम सम्पन्न भएको छ । महारानी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलालाई समाजमा सम्मानित अवस्थामा पुर्यायउन यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे । सन्तोष अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य हरिहर कार्की र क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले बीमाको महत्वबारे प्रकाश पारेका थिए । उक्त कार्यक्रममा ९५ जनाको सहभागिता रहेको थियो । महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रमलाई देश भरी अभियानको रुपमा संचालन गर्ने क्रममा उक्त कार्यक्रम जोशिपुर कैलाली, सुर्य विनायक भक्तपुर, पर्सा चितवन, गुलरिया बर्दियामा पनि व्यापक सहभागिता रहेको कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*