प्राइम लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

२४ पुष २०७९, आईतवार १५:३४

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष पियुष राज अर्यालको प्रमुख अध्यक्षतामा अग्रवाल भवन, कमलपोखरीमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश भएको एमओयूको मस्यौदा स्वीकृत गर्ने, डिडिए प्रयोजनार्थ लेखापरीक्षक, मूल्याङ्कनकर्ता नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, विद्यमा संस्थापक र सर्वसाधारण समूहको शेयर लगानी अनुपात ५१ः४९ कायम गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस ८ गते बुकक्लोज गरेको थियो । यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इन्स्योरेन्सका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*