प्रभु र अजोड इन्स्योरेन्स बीचको मर्जर औपचारिक रुपमा भंग, बीमा प्राधिकरणबाट डिमर्जर स्वीकृत

२७ पुष २०७९, बुधबार ०९:४४

काठमाडौं । आपसमा मर्जर प्रक्रियामा रहेका प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलाई जारी प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिएको छ । दुवै कम्पनीका बीचमा भएको मर्जर भंग गर्ने सहमतिलाई नियामक निकाय प्राधिकरणले स्वीकृत गरेको हो ।

उक्त दुई कम्पनीका बीचमा हिजो मंगलबार विहान भएको छलफल पछि मर्जर अन्त्य गर्ने सहमति भएको हो । दुवै कम्पनीका प्रतिनिधिहरु मर्जर प्रक्रिया अन्त्य गर्ने चिठ्ठी लिएर बीमा प्राधिकरणमा पुगेका थिए । बीमा प्राधिकरणले छलफल पश्चात मर्जर भाँडिएको औपचारिक चिठ्ठी दिएको हो ।

नियामक निकायको अनुमतिसँगै अब अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स बीचको मर्जर प्रक्रिया औपचारिक रुपमा अन्त्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*