सुपर हेवा पावरले साढे ११ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

२७ पुष २०७९, बुधबार ११:०३

काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएकोछ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

लक्ष्मी क्यापिटलले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १०० रुपैयाँ अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ रकम बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*