युनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२७ पुष २०७९, बुधबार १६:५४

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औं बार्षिक साधारणसभा सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष रवि भक्त श्रेष्ठको अध्यक्षतामा अनमोल ब्याङ्कवेट, शंखमुलमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

साथै कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहमी बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावालीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै गत आव २०७८।७९ को वर्षिक प्रतिवेदन उपर छलफ गरी पारित गरेको छ । साथै आव २०७८।७९ को वित्तीय विवरणमाथि छलफल गरी सोही सभाबाट पारित भएको छ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते, एक दिनका लागि बुकक्लोज गरेका थियो । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*