नेपाल धितोपत्र बोर्डद्धारा तीन ब्रोकरलाई कारबाही

२७ पुष २०७९, बुधबार १६:४०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीनवटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सेबोनले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई नगद जरिवानासहित कारबाही गरेको हो ।

बोर्डका अनुसार सनी सेक्यु्रिटिजले तोकिएको समयमा प्रतिवेदन पेश नगरेका कारण धितोपत्र ऐन २०६३ अनुसार १० हजार जरीवाना गराएको हो । त्यस्तै, इम्पेरियल सेक्युरिटिज त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै धितोपत्र ऐन २०६३ को दफा १०१ को ४ अनुसार ७५ हजार रुपैयाँ जरिवाना गराएको हो ।

साथै त्रिशुल सेक्युरिटिजलाई पनि त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै ७५ हजार रुपैयाँ नै जरिवाना गराउने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*