हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

२७ पुष २०७९, बुधबार १७:२४

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश गरी कुल २.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

\

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*