हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न, ७० प्रतिशत लाभांश पारित

२८ पुष २०७९, बिहीबार १०:४६

काठमाडौं । हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २२औं सभा कम्पनीको रजिष्टर्ड कार्यालय, विरगञ्जमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित गरी १० प्रतिशत नगद लाभांश गरी कुल ६७० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने, लेखारीक्षक नियुक्त गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गरेको थियो । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*