जन्मदिनमा आइएमई लाइफको २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

२८ पुष २०७९, बिहीबार ११:०४

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहारस्वरुप बीमा पोलिसी खरिद गरिदिने प्रचलन बढीरहेको छ । जन्मदिन, पास्नी, विवाह जस्ता अवसरमा आफ्ना परिवार, साथीभाई, इष्टमित्रलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ ।

यसैबीच कर्णाली प्रदेशको सदरमुकाम विरेन्द्रनगर सुर्खेतकी राजकुमारीले आफ्नो जन्मदिनमा नातिनीलाई २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएकी छिन् । उनले भविष्यमा हुन सक्ने् जोखिम बहन हुनेभएकोले नातिनी श्रीयाना भण्डारीलाई बीमा पोलिसी उपहार दिएको बताइन् ।

उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनकिो बाल उज्जवल बीमा योजना पोलिसी उपहार दिएकी हुन् । उनी आइएमई लाईफ ईन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर समेत हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*