हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२८ पुष २०७९, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा करेक्शन देखिएको छ । लगातार बढेको नेप्से सूचक आज ४१ अंकले घटेर इन्डेक्स २१४९ विन्दुमा कायम भएको छ ।

शेयरबजार घटेपनि आज ५ अर्ब ४७ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको २२ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको १७ करोड ८३ लाख, ङादी ग्रुप पावरको १६ करोड ९४ लाख, अपि पावरको १४ करोड ४ लाख र अपर तामाकोशीको १२ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*