प्रिन्टसेल संलग्न अन्तशुल्क स्टीकर छपाईको भ्रष्टाचार रोक्ने सरकारको निर्णय, साढे चार अर्ब बजेट रोक्न अर्थमन्त्रालयको पत्र

२८ पुष २०७९, बिहीबार १५:२१

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले माफियासँगको मिलेमतोमा कुपण्डोलस्थित प्रिन्टसेललाई दिइएको अन्तशुल्क स्टीकर छपाईको भ्रष्टाचार रोक्ने सरकारले निर्णय गरेको छ । निर्वाचन सम्पन्न भइसकेपछि तत्कालिन मन्त्री शर्माले माफियासँगको सेटिङमा प्रिन्टसेललाई साढे चार अर्बको अन्तशुल्क स्टीकरको छपाईको लागि मसी तथा कागज खरिदका लागि जिम्मेवारी दिएको थियो । सो सम्बन्धी समाचार बीमापोष्टमा प्रकाशित भएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले माफियासँगको सेटिङमा बजार मूल्यभन्दा पाँच गुणा महंगो हुने गरी अन्तशुल्क स्टीकर छपाईको लागि आवश्यक सामग्री खरिदमा गरिएको घोटाला छानविन गर्ने र तत्कालको लागि सो कार्य रोक्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै कागज माफिया प्रिन्टसेलको नाममा हुन लागेको घोटालामा ब्रक लागेको छ ।

बढिमा २५ पैसामा छाप्न सकिने स्टीकरको लागि सरकारले पाँच गुणा बढि अर्थात प्रति स्टीकर ८९ पैसा पर्ने गरी प्रिन्टसेललाई ठेक्का दिएको थियो । सो सम्बन्धमा सञ्चार माध्यममा खवरदारीसँगै केही दिन पहिले अर्थमन्त्रालयले सञ्चार मन्त्रालयलाई पत्र पठाई सुरक्षण केन्द्रमा जाने बजेट रोकिएको भन्दै पत्राचार गरेसँगै उक्त भ्रष्टाचार रोकिएको हो ।

अर्थमन्त्रालय स्रोतले सेक्युरिटी छपाई अन्तर्गत हुने अन्तशुल्क स्टीकर छपाई सम्बन्धी बजेट रोकिएको पुष्टि गरेको छ । स्रोतका अनुसार सरकारले भ्रष्टाचार रोक्ने नीति अन्तर्गत सो टेण्डरको घोटाला भएकोले बजेट रोक्ने निर्णय भएको हो ।

 

माफियाको सेटिङमा अन्तशुल्क स्टीकर छपाईको भ्रष्टाचार रोक्ने सरकारको निर्णय, अर्थले रोक्यो प्रिन्सेलको साढे चार अर्ब बजेट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*