शेयरबजारमा भारी गिरावट, १२ उपसूचक राताम्य

२८ पुष २०७९, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारी गिरावट आएको छ । केही दिनयता लगातार बढेको शेयरबजारमा आज करेक्शन देखिएको हो ।

नेप्से सूचक आज ४१ अंकले घटेर इन्डेक्स २१४९ विन्दुमा कायम भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई नेपली काँग्रेसका सभापति शेर बहादुर देउवाले विश्वासको मत दिदा शेयरबजार घट्न पुगेको लगानीकर्ताहरुको भनाई छ ।

आज शेयरमार्केट घटेपनि कारोबार भने उत्सापूर्ण नै देखिएको छ । नेप्सेमा सूचीकृत २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये ब्यापार सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स इन्डेक्स ३.७० प्रतिशतले घटेको छ भने व्यापार इन्डेक्स ०.६६ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*