आइएमई लाइफकी एजेन्सी म्यानेजर रक्षा भुसाल बनिन एमडिआरटी

२८ पुष २०७९, बिहीबार १६:१६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर रक्षा भुसाल १८ वर्षको उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकी छिन् । कम्पनीको कम्पनीको बुटवल  शाखामा कार्यरत एजेन्सी म्यानेजर रक्षा भुसाल एमडिआरटी २०२३’ को लागि योग्य भएकी हुन् ।

रक्षा भुसालले छोटो समयमै आफ्नो ब्यवसायिक लक्ष्य हासिल गरेका हुन् । उनी अहिले बिबिएस प्रथम वर्षमा अध्ययनरत छात्रा पनि हुन । सानै देखि अत्यन्तै मिहेनती, लगनशिल र नम्र स्वभावकी रक्षा भुसाल मिहेनत गरे के हुदैन र भन्ने कुराकी उदारणिय पात्र पनि हुन । विद्यार्थी काल देखिनै जीवन बिमामा लागेर पढ्दै र कमाउदै गर्न सकिन्छ भन्ने कुराको दरिलो उदाहरण उनी बनेकी छन् ।

अभिकर्ताहरुको लागी सम्मानको रुपमा हेरिने मिलियन डलर राउण्ड टेबल, एमडिआरटिलाई प्रतिष्ठाको रुपमा लिईन्छ । १९२७ मा स्थापित संस्थाको मुख्य कार्यालय अमेरिकामा छ । बिश्वभरीका पेसेबर अभिकर्ताहरुले बर्षभरी बीमा ब्यबसायबाट प्राप्त प्रथम बीमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडिआरटि छनौट हुन्छ । छनौट पस्चात अन्तराष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधि भई उपस्थित हुन पाईने भएकाले पनि थप उत्साह बढेको पाईन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*