नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये उत्कृष्ट ‘एमडीआरटी’ विजेताबाट मोकेन्द्र यादब सम्मानित

२८ पुष २०७९, बिहीबार १९:३६

सिरहा । नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित भएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म उत्कृष्ट ‘एमडीआरटी’ विजेता बन्न सफल मोकेन्द्र यादबलाई नेपाल लाइफले काठमाडौँमा भव्य कार्यक्रमकाबीच सम्मान गरेको हो । मोकेन्द्र यादबसहित देशभरबाट एमडीआरटी जित्न सफल २४३ जना अभिकर्ता सम्मानित भएका थिए ।
उनी प्रदेशमा बिमा क्षेत्रको प्रेरणाको स्रोत नै बनेका छन् । उनले भने “मेरो मिहेनत र लनगसिलताकै कारण यो सम्मान पाएको हुँ। सम्मानले अझै आफ्नो कामप्रति अपनत्व र जिम्मेवारी थपिएको महसुस गरेको छु” । “मलाई माया र विश्वास गर्नुहुने सबैलाई धन्यवाद दिन्छु।” जिवन बिमा गर्ने र गराउने दुवैको भविष्य उज्वल रहेको उनको भनाइ छ।
उनी भन्छन ठूल्ठूला व्यापारीहरुले ठूला रकमको बीमा भारतीय अभिकर्ता मार्फत भारतीय कम्पनीमै गर्ने गर्दथे । भरखरै सुरु भएको नेपाली अभिकर्तालाई खासै विश्वास नगर्ने भएर साना रकमका बीमा मात्र नेपाली एजेन्टको हातमा पर्ने गरेको उनी बताउँछन् । तर उनले निरन्तर यहि पेशामा अगाडी बढ्ने, क्लेम परेको अवस्थामा बीमितलाई क्लेम लिन सहयोग गर्ने गर्दै गएपछि उनीप्रति मानिसहरुको विश्वास बढ्दै गयो ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सो अवसरमा पुनर्ताजगी तालिमसमेत प्रदान गरेको छ । सन् २०२२ मा तोकिएको लक्ष्य पूरा गर्ने २४३ जना अभिकर्ताहरू २०२३ का लागि छनौट भएका छन् । कार्यक्रममा एमडीआरटी, सीओटी र टीओटी बिजेता पनि सहभागी थिए। यस वर्ष एमडीआरटी हुन व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने लक्ष्य तोकिएको थियो। त्यस मध्ये मधेश प्रदेशका उत्कृष्ट ‘एमडीआरटी’ विजेता मोकेन्द्र यादब व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ६४ लाख ७१ हजार ४ सय ५२ रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका हुन ।
नेपाल लाइफका सीईओ प्रविनरमण पराजुलीले अभिकर्ताहरू बिमा कम्पनिका मेरुदण्ड भएकाले उनीहरूकै अथक मेहनत र परिश्रमको कारण आज कम्पनी उत्कृष्ट बन्न सफल भएको बताए। कार्यक्रममा नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो महिला पुर्णिमा श्रेष्ठले आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरबारे बताएकी थिइन्। प्रगती गर्नका निम्ति आफुसंगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकाशमा सदैब दत्तचित्त भएर लाग्नु पर्ने भन्दै अभिकर्तालाई हौसला र प्रेरणा प्रदान गरेकी थिइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*