जन्मेको केही दिनमै सुभासले दिए छोरीलाई आइएमई लाइफको बीमा पोलिसी उपहार

२९ पुष २०७९, शुक्रबार १२:२९

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा भौतिक वस्तु भन्दा बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । विवाह, पास्नी, जन्मदिन, विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना नजिकका व्यक्ति, परिवार, इष्टमित्र तथा साथीभाईलाई उपहारस्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ ट्रेन्ड नै चलेको छ ।

यसैबीच सिन्धुपाल्चोक वडा नम्बर ८ घर भई हाल च्यासल, ललितपुरमा बस्ने सुभास श्रेष्ठ र कुमारी श्रेष्ठले छोरी जन्मिएको केही दिनमा नै छोरीको नाममा १० लाख रुपैयाँको बीमा गराइदिएका छन् । उनीहरुले छोरी जन्मेको उपलक्ष्यमा छोरीलाई उपहार स्वरुप आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी खरिद गरिदिएका हुन् ।

सुभास र कुमारीले आइएमई लाइफको गठ्ठाघर शाखाबाट ‘बाल किरण जीवन बीमा’ पोलिसी खरिद गरिदिएका हुन् । उनीहरुले गठ्ठाघर शाखाका प्रमुख एजेन्सी म्यानेजर हरिकृष्ण श्रेष्ठ र शाखाका प्रमुख सञ्जय दाहालको उपस्थितिमा सो बीमा पोलिसी खरिद गरिदिएका हुन् ।

भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएका कारण सुभाष र कुमारीले आइएमई लाइफको सर्वाधिक बिक्री हुने ‘बाल किरण जीवन बीमा’ पोलिसी खरिद गरिदिएको बताए । साथै अन्य भौतिक वस्तु दिनुभन्दा बीमा उपहार दिदा आफ्नो सन्तानको भविष्य सुनिश्चित हुने उनीहरुको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*