हिमालयन रिइन्स्योरेन्सको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक, ५ करोड नोक्सानीमा

२९ पुष २०७९, शुक्रबार १२:३९

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा ५ करोड ३० लाख रुपैयाँ नोक्सानीको रहेको छ। कम्पनीले यस अवधीमा १ अर्ब ९ करोड ४७ लाख खुद बीमाशुल्क आर्जन गरेको छ । यस्तै, कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट २ करोड ६३ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले २ करोड ९ लाख ९६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने २४ करोड ७३ लाख १९ हजार रुपैयाँ पुनर्बीमा कमिशन वापत खर्च गरेको छ । यस्तै ३ करोड २५ लाख रुपैयाँ व्यवस्थापन वापत खर्च भएको वित्तीय विवरणमा उल्लेख छ ।

हाल कम्पनीको चुक्ता पुँजि ७ अर्ब रुपैयाँ, जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ, बीमा कोषमा १३ करोड ६९ लाख ७८ हजार रुपैयाँ रकम संचित रहेको छ ।
हाल कम्पनीको अधिकृत पूँजी २१ अर्ब रुपैयाँ, जारी पूँजी १० अर्ब रुपैयाँ र चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणलाई ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । तर आइपीओ निष्काशन गर्न बीमा ऐन अन्तर्गत समयावधि पुग्दैन ।

कम्पनीले चालु आर्थिक वर्ष भित्रै सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीको २०७८ कार्तिक २६ गते बसेको प्रथम वार्षिक साधारण सभाबाट कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको थियो । त्यस पश्चात कम्पनीले २०७९ जेठ २७ गते प्रिमियममा आईपीओ निष्काशन गर्न प्रस्ताव विशेष साधारण सभा पारित गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणको लागि ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशन पछि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*